मंगलवार, कार्तिक ३,२०८३ 02:07:53
  • मंगलवार, कार्तिक ३,२०८३ 02:07:53
Global IME Bank Limited

खराब कर्जाको चपेटामा वाणिज्य बैंक, १८ को एनपीएल बढ्यो

Bizshala
खराब कर्जाको चपेटामा वाणिज्य बैंक, १८ को एनपीएल बढ्यो
New Office

काठमाण्डौ । बैंकहरुमा खराब कर्जा अनुपात केही सुधार देखिएपनि सन्तोषजनक भने पक्कै छैन । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणको आधारमा अझैपनि ९ वटा वाणिज्य बैंकको खराब कर्जा अनुपात (एनपीएल) पाँच प्रतिशतभन्दा माथि छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात ५ प्रतिशत हुनुपर्ने र सो भन्दा बढी भएमा बैंकको वित्तीय अवस्था जोखिम हुन सक्ने मान्यता छ । तर बैंकहरुमा खराब कर्जा चुलिँदै गएसँगै बैंकहरुको वित्तीय रिर्पोट समेत खासै सकारात्मक देखिएको छैन ।  

कर्जा असुली हुन नसक्नुले बैंकहरुको आम्दानीमा गिरावट र त्यसैमाथि चर्को प्रोभिजनिङका कारण बैंकहरुले उल्लेख्य मुनाफा आर्जन गर्न सकिरहेका छैनन् । केही वर्षयता बैंकहरुको नाफा बढ्न नसक्दा लगानीकर्ताहरुले समेत बैंकबाट भनेजस्तो प्रतिफल पाउन सकिरहेका छैनन् । यसकारण दोस्रो बजारमा अहिले वाणिज्य बैंकको सेयरप्रति मोह हराउँदै गएको प्रष्ट देख्न सकिन्छ ।  

बैंकिङ व्यवस्था बमोजिम अर्थात् कानूनी व्यवस्थाअनुसार बैंकहरुले ऋणीले साँवा ब्याज भुक्तानी नगरेमा ऋणीको स्वामित्वमा रहेको सम्पत्ति कब्जा तथा लिलाम गर्ने अधिकार छ । तरपनि बैंकहरुलाई ऋणीहरुको अचल सम्पत्ति कब्जा गर्दा सञ्चालन मुनाफामा कुनै टेवा नपुग्न जस्तो देखिन्छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंक वित्तीय संस्थाको एनपीएल बढीमा ५ प्रतिशत हुनुपर्ने व्यवस्था छ । चालु आवको तेस्रो त्रैमाससम्म नौं बैंकको एनपीएल सो भन्दा बढी देखिन्छ । तेस्रो त्रैमाससम्मकमा एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेक सबैको एनपीएल गत आवको तुलनामा बढेको छ । बैंकहरुमा खराब कर्जा यसरी बढ्दै जानुले वित्तीय अवस्थामा पनि जोखिम बढ्दै जाने संकेत गर्दछ ।  

सो अवधिसम्म सबैभन्दा बढी एनपीएल हिमालयन बैंकको रहेको छ । बैंकको खराब कर्जा अनुपात ७.६८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिसम्म  बैंकको यस्तो अवस्था ४.९६ प्रतिशत रहेको थियो । यसआधारमा बैंकको एनपीएल २.७२ अंकले बृद्धि भएको छ ।  

त्यस्तै, कुमारी बैंकको ६.९८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.०६ प्रतिशत, लक्ष्मी सनराइजको ५.८६ प्रतिशत, एनआइसी एशियाको ५.७५ प्रतिशत, सिजिटन बैंकको ५.७१ प्रतिशत, प्राइम कमर्सियलको ५.६५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत रहेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सबैभन्दा कम एनपीएल भने एभरेष्ट बैंकको ०.६४ प्रतिशत रहेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.४४ प्रतिशत, सानिमा बैंकको ३.४२ प्रतिशत, सिद्धार्थ बैंकको ४.०४ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.०६ प्रतिशत, एनएमबि बैंकको ४.४७ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, कृषि विकास बैंकको ४.९६ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशत रहेको छ।

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.