सोमबार, असार २,२०८२ 01:57:25
  • सोमबार, असार २,२०८२ 01:57:25
Global IME Bank Limited

१० वटा वाणिज्य बैंकको सेयरमूल्य २०० भन्दा तल, ५ वटाको सेयरमूल्य बुक भ्यालुभन्दा पनि सस्तो

Hyundai Nepal
१० वटा वाणिज्य बैंकको सेयरमूल्य २०० भन्दा तल, ५ वटाको सेयरमूल्य बुक भ्यालुभन्दा पनि सस्तो
Nabil Bank Limited

काठमाण्डौं । दोस्रो बजारमा कारोबार भईरहेका अधिकांश वाणिज्य बैंकहरुको सेयर निकै सस्तो मूल्यमा पाउन थालेका छन् । पछिल्लो समय सेयर बजारमा आईरहेको गिरावट र बैंकहरुको वित्तीय विवरण पनि सन्तोषजनक आउन नसकेका कारण वाणिज्य बैंकहरुको सेयरमूल्य सस्तौ भाउमै पाइन थालेका हुन् ।  

बैंकहरुको संस्थापक सेयर नभएर सर्वसाधारण समूह कै १० वटा कम्पनीको सेयर २ सय तल पाइन्छ । त्यसमा पनि ५ वटा बैंकको सेयर त बुक भ्यालु भन्दा पनि सस्तो छन् । अहिले दोस्रो बजारमा सर्वसाधारणतर्फ सबै भन्दा सस्तो सेयर कुमारी बैंकको रहेको छ । यो बैंकको सेयरमूल्य १३२ रुपैयाँ पुगेको छ । यो बैंकको बुक भ्यालु १३६.७ रुपैयाँ रहको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बुक भ्यालु भन्दा कम सेयरमूल्य भएका ५  बैंकहरु

२ सय भन्दा सस्ता १० वटा कम्पनीहरु  

दोस्रो बजारमा एउटा समय हुन्छ, जब पैसा महंगो हुन्छ, तर सेयरको भाउ भने सस्तो हँदै जान्छ । अहिले दोस्रो बजारमा सेयरको मेला नै लागेको छ । यी कम्पनीको सेयर जुनसुकै बैंकले पनि सेयर धितो राखेर कर्जा दिने गर्छन । त्यसैले आफ्नो क्षमता अनुसार केही स्वःपूँजी र सेयर कर्जा लिएर नै यी कम्पनीमा एक डेढ वर्षका लागि लगानी गर्यो भने लाभांश प्रतिफल र पूँजीगत लाभ हुने सम्भावना रहन्छ ।  

त्यसैले, लगानीकर्ताले बजारमा हल्लाको पछि लागेर कसैले सामाजिक सञ्जालमा भनेकै भरमा लगानी गर्नु भन्दा यस्ता कम्पनीमा लगानी गर्नु अहिलेको अवस्थामा कम जोखिमपूर्ण हुने देखिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.