बुधबार, भाद्र ३,२०८३ 02:37:58
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:37:58
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकहरुको मुनाफा १६.०४%ले घट्यो, कृषि विकास र प्राइम कमर्सियल भने बढाउनमा अब्बल

वाणिज्य बैंकहरुको मुनाफा १६.०४%ले घट्यो, कृषि विकास र प्राइम कमर्सियल भने  बढाउनमा अब्बल
New Office

काठमाण्डौ । वाणिज्य बैंकहरुको खुद नाफा १६.०४ प्रतिशतले घट्न पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनासम्मको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको नाफा १६ प्रतिशतले घटेको हो ।  

गत आवको ११ महिनासम्ममा ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको वाणिज्य बैंकहरुले चालु आवको यस अवधिसम्म जम्मा ५६ अर्ब ४५ करोड ५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेका छन् ।  

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये जम्मा ६ वटा बैंकले मात्रै गत आवको तुलनामा नाफा बृद्धि गरेका छन् भने १४ वटा बैंकको नाफामा गिरावट आएको छ ।  

जेठ महिनासम्ममा सर्वाधिक नाफा कमाउनेमा भने नबिल बैंक रहेको छ । बैंकले ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ नाफा कमाई सर्वाधिक नाफा कमाउने बैंक बनेको छ ।  

त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड नाफा कमाउँदा तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

यता प्राइम कमर्सियल बैंकले पनि ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ भने एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।  

Bizshala
CG Motors

यसका साथै राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड, प्रभुले ३ अर्ब ३ करोड, कृषि विकास बैंकले ३ अर्ब २ करोड, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब १ करोड, एनएमबिलले २ अर्ब ७७ करोड, हिमालयन बैंकले २ अर्ब ७६ करोड, लक्ष्मी सनराइजले २ अर्ब ३७ करोड, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड, एनआइसी एशियाले २ अर्ब २३ करोड, सिटिजन्सले १ अर्ब ७५ करोड, सानिमाले १ अर्ब ७४ करोड, कुमारीले १ अर्ब ६७ करोड, नेपाल एसबिआईले १ अर्ब ६६ करोड, माछापुच्छ्रेले १ अर्ब २८ करोड नाफा कमाउन नेपाल बैंकले भने जम्मा १ अर्ब ७ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।  

नाफामा कृषि विकास र प्राइम कमर्सियलको फड्को  

२० वटा वाणिज्य बैंकमध्ये जम्मा ६ वटा बैंकले मात्रै गत आवको तुलनामा नाफा बढाएका छन् । जसमध्ये सर्वाधिक कृषि विकास बैंकले नाफा बृद्धि गरेको छ ।  

गत वर्षको जेठ मसान्तसम्म १ अर्ब ५६ करोड रुपैयाँ मात्रै नाफा कमाएको सो बैंकले यस अवधिसम्म आइपुग्दा ९३.४२ प्रतिशतले बढाएर ३ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, प्राइम कमर्सियल बैंकले पनि १०.५३ प्रतिशतले नाफा बढाएको छ । गत आवको ११ महिनासम्म ३ अर्ब २१ करोड नाफा कमाएको प्राइमले चालु आवको ११ महिनासम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

यसका साथै एभरेष्ट बैंकले ८.०५ प्रतिशत, प्रभु बैंकले ४.८० प्रतिशत, सिटिजन्स बैंकले ४.५४ प्रतिशत र सिद्धार्थ बैंकले १.९९ प्रतिशतले नाफा बढाएको छ ।  

गत आवको तुलनामा सर्वाधिक नाफा नेपाल बैंक र एनआइसी एशिया बैंकको घटेको छ । नेपाल बैंकको नाफा ६५.०१ प्रतिशतले घटेको छ भने एनआइसी एशिया बैंकको नाफा ५१.७३ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.