मंगलवार, कार्तिक ३,२०८३ 02:08:24
  • मंगलवार, कार्तिक ३,२०८३ 02:08:24
Global IME Bank Limited

सेयर धितो राखेर लगानीकर्ताले लिए रु.१.५६ खर्ब लोन, कुनबाट कति ?

Bizshala
सेयर धितो राखेर लगानीकर्ताले लिए रु.१.५६ खर्ब लोन, कुनबाट कति ?
New Office

काठमाण्डौ । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट डेढ खर्ब कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा सेयर लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ बराबरको लोन लिएका हुन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३५.६६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बैक वित्तीय संस्थाबाट १ खर्ब १५ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको थियो ।  

बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ । लगानीकर्ताहरुले आफ्नो नाममा भएको सेयर बैंक वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।  

धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढेसँगै बैंक वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह बृद्धि भएको हो ।

सो अवधिसम्म वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब ३३ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४२.९० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुबाट ९३ अर्ब १२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

वाणिज्य बैंकहरुमा नेपाल बैक  र सिटिजन्स बैंक बाहेक सबैले यस्तो कर्जा प्रवाह उल्लेख्य बढाएका छन् । सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ । बैंकले १७ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ ।  

त्यस्तै, विकास बैंकहरुबाट ७ महिनासम्ममा १९ अर्ब ८९ करोड २८ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ११.१८ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा विकास बैंकहरुबाट १७ अर्ब ८९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

फाइनान्स कम्पनीहरुको यस्तो कर्जा प्रवाह भने २२.१६ प्रतिशतले घटेको छ । चालु आवको माघ मसान्तसम्म फाइनान्स कम्पनीहरुले ३ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो रकम गत आवको तुलनामा २२ प्रतिशत कम हो ।  

गत आवको माघ मसान्तसम्म फाइनान्स कम्पनीहरुले ४ अर्ब ९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो अवधिसम्म आइपुग्दा सेन्ट्रल फाइनान्स र नेपाल फाइनान्स बाहेक सबैको यस्तो कर्जा प्रवाह घटेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.