काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँके जिल्लाको डाँडा टपरीमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाकाआफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा उक्त तालिम प्रदान गरेको हो ।
संस्थाको ग्लोबल मनि विकको अवसर पारेर चैत ५ गते उक्त तालिम प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले बताए । उक्त तालिममा प्रशिक्षकहरु विक्रम उपाध्याय, प्रतिमा शर्मा रहेका थिए ।
तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतको महत्व र बचतका प्रकारहरु, बचतका उपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, आदि बारेमा सहभागीहरुले जानकारी हासिल गरेका थिए ।