सोमबार, फाल्गुन ४,२०८२ 12:50:20
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:50:20
Bizshala
Global IME Bank Limited

काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन निजामति कर्मचारीलाई मन्त्री खनालको आह्वान

काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन निजामति कर्मचारीलाई मन्त्री खनालको आह्वान
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले कार्यालयको काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन निजामति कर्मचारीलाई आह्वान गरेका छन् । पछिल्लो समय विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा जेनजी कर्मचारीको नाममा विभिन्न व्यक्तिहरुको राजीनामा माग गर्दै कार्यालयको कामनै प्रभावित हुने क्रियाकलापमा संलग्न हुने क्रम बढेसँगै मन्त्री खनालले यस्तो आह्वान गरेका हुन् ।  

‘सम्पूर्ण निजामती कर्मचारीहरुको केन्द्रीय निकाय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीको हैसियतमा म सबै कर्मचारी साथीहरुलाई स्वतःस्फूर्त रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नमा केन्द्रित हुन र कर्मचारीको मनोवल कमजोर पार्ने खालका क्रियाकलाप एवम् कार्यालयको काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन आव्हान गर्दछु, ’ मन्त्री अधिकारीले एक वक्तव्य जारी गर्दै भनेका छन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सरकारले राष्ट्र सेवक कर्मचारीहरुको कानून बमोजिमका सेवाका सर्तको सुरक्षा र वृत्ति विकास एवं सेवा, सुविधामा असर पर्ने गरी कुनै निर्णय नलिने बताउँदै खनालले प्रक्रियागत सरलता, शीघ्रता र पारदर्शीता सहितको गुणस्तरीय सेवा प्रवाहमा अविच्छिन्नता सुनिश्चित गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुमा उच्च मनोवल कायम राखिरहन सरकार सधैँ प्रतिवद्ध रहेको बताएका छन्।  

उनले भनेका छन्, ‘कार्यबोझ कम भएका कार्यालयको दरबन्दी घटाई कार्यवोझ बढी भएका र सेवा प्रवाहमा प्रत्यक्ष संलग्न हुने कार्यालयहरुमा दरबन्दी वृद्धि गर्ने गरी कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने वर्तमान सरकारको नीति रहेको समेत जानकारी गराउदछु । सबै सरकारी कार्यालयहरुमा सुरक्षित कार्य वातावरण निर्माण गरी निर्वाध सेवा प्रवाह सुनिश्चित गर्न समेत नेपाल सरकार प्रतिवद्ध छ ।’

यस्ते गत भाद्र २३ र २४ गते युवाहरुको अगुवाइमा भएको आन्दोलनको मर्म र भावना अनुरुप सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुले आफूलाई रुपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने किसिमले शीघ्र एवं गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुनु पर्नेमा उनको जोड रहेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.