काठमाण्डौ । अविरल वर्षामा परी अलपत्र परेका भैरहवा आसपासमा क्षेत्रका यात्रुलाई विमान चार्टर्ड गरी काठमाण्डौ ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले काठमाण्डौ पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर आज साँझ ९ बजे काठमाण्डौ ल्याउन लागेको हो ।
कार्यालयले १५८ जना यात्रुलाई ल्याउन लागेको हो । अत्यावश्यक काम भएका यात्रुले भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन सक्नेछन् ।