भैरहवामा अलपत्र परेका यात्रुलाई विमान चार्टर गरेर काठमाण्डौ ल्याइने
काठमाण्डौ । अविरल वर्षामा परी अलपत्र परेका भैरहवा आसपासमा क्षेत्रका यात्रुलाई विमान चार्टर्ड गरी काठमाण्डौ ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले काठमाण्डौ पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर आज साँझ ९ बजे काठमाण्डौ ल्याउन लागेको हो ।