बिहीबार, असार ११,२०८३ 12:16:47
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:16:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थालाई सेयर खरीदबिक्रीमा लचक व्यवस्था, सेयर होल्ड गर्ने अवधि एकवर्षबाट ६ महिनामा झारियो

Laxmi Sunrise Bank Limited
बैंक तथा वित्तीय संस्थालाई सेयर खरीदबिक्रीमा लचक व्यवस्था, सेयर होल्ड गर्ने अवधि एकवर्षबाट ६ महिनामा झारियो

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले सेयरको खरीदबिक्रीमा व्यहोर्दै आएको झञ्झट र गरिएको केही कडा व्यवस्था खुकुलो बनाइएको छ ।  

नेपाल राष्टबैंकले एकीकृत निर्देशन संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुका लागि सेयर खरीदबिक्रीमा साबिकको कडा व्यवस्थामा लचक नीति लिएको हो । 

New Office
CG Motors
Garima Development Bank

साबिकमा बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर किन्ने/बेच्ने भए कम्तिमा एक वर्षसम्म धारण(होल्ड) गर्नुपर्ने प्रावधान थियो । यसले समेत सेयर बजारको चमक घटाएको लगानीकर्ताहरुले दाबी गर्दै आएका थिए । केन्द्रीय बैंकले त्यही एक वर्ष धारण गनुपर्ने व्यवस्थालाई संसोधन गरी ६ महिना कायम गरिदिएको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ ।' संसोधित व्यवस्थामा भनिएको छ-'बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठितसंस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्। धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न पाइनेछैन ।'

यस्तै, यसअघिको खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था भने हटाइएको छ ।  

यसअघि प्रकाशित समाचार :

सेयरधितो कर्जाको २५ करोडको सीमा हटाइँदै, बैंक तथा वित्तीय संस्थालाई सेयर खरीदबिक्रीमा लचक व्यवस्था गरिँदै

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.