Bizshala
  • बुधबार, असार २४,२०८३ 05:21:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करीको आरोपमा पक्राउ, राजनीतिक आडमा उन्मुक्ति पाएका थिए !

Laxmi Sunrise Bank Limited
पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करीको आरोपमा पक्राउ, राजनीतिक आडमा उन्मुक्ति पाएका थिए !

काठमाण्डौ । नेपाली राजनीतिक वृत्त फेरि तरंगित बनेको छ-पूर्वसभामुख कृष्णबहादुर महरा आज आइतबार पक्राउ परेका छन्।  

सुन तस्करीको लामो विवादित कडीमा महराको नाम फेरि सक्रिय रूपमा जोडिँदै आएकोमा अखेर सीआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो) ले उनलाई नियन्त्रणमा लिएको हो।

New Office
CG Motors
Garima Development Bank

यो प्रकरणको सुरुवात २०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट०५८७ बाट काठमाडौं उत्रिएका चिनियाँ नागरिक लि हानसोङ बाट भएको थियो। उनले ल्याएका दुई ठूला सुटकेसभित्र ७३ वटा बट्टामा प्याक गरिएका ७३० थान भेप (Vape) भेटिएका थिए-तर ती भेप भित्र लुकेको थियो करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन।

त्यो सुन भन्सारका नासु रेवन्त खड्का लगायतका कर्मचारीहरूको मिलेमतोमा बजारमा बिक्रि भएको अनुसन्धानले पुष्टि गरेको छ। सुन छुटाउनका लागि तत्कालीन सभामुख महराले भन्सारमा दबाब दिएको आरोप पनि जोडिएको छ। सोही प्रकरणमा उनका छोरा राहुल महरा पहिले नै पक्राउ परेर जेल पठाइएका थिए।

सुरुवाती चरणमा शंकास्पद सुटकेस नियन्त्रणमा लिएर भन्सारले जाँच गर्दा भेप फेला परेको थियो। तर पछि ती भेप रहस्यमय ढंगले साटिए। भेप साटिएको आशंकाले भन्सार विभागले २६ वैशाखमा सीआईबीलाई पत्र लेख्दै गहिरो अनुसन्धानको माग गरेको थियो। करिब दुई महिनाको अनुसन्धानपछि भन्सारका नासु रेवन्त खड्का सहित ६ जनामाथि मुद्दा दायर भएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङ सम्मलाई पनि मतियारका रूपमा मुद्धा चलाइएको थियो।

अहिले भने, महराको पक्राउ यस प्रकरणको तेस्रो र सबैभन्दा निर्णायक अभियोजन मानिएको छ। सीआईबीले केही दिनअघि उनलाई बयानका लागि बोलाएको थियो र अहिले सो फाइल अदालतमा अघि बढ्ने तयारीमा छ।

अनुसन्धानका क्रममा फेला परेको कल–रेकर्डमा महरा र उनका छोरा राहुलले चिनियाँ नागरिक लुई हानसोङ र दाओनिज वाङसँग निरन्तर सम्पर्कमा रहेको प्रमाण भेटिएको बताइएको छ।

यसअघि पनि महरा यो प्रकरणमा अनुसन्धानको घेरामा परे पनि, राजनीतिक प्रभाव र शक्तिको कारणले फाइल लामो समय रोकिएको थियो। तर यसपटक परिस्थितिले मोड लिएको छ — राजनीतिक हैसियतभन्दा माथि कानुनको हात पुगेको सन्देश दिनेगरी उनलाई पक्राउ गरिएको बुझिन्छ।

अब सीआईबी र सरकारी वकिल कार्यालयले महराविरुद्ध तेस्रो अभियोजनका रूपमा थप मुद्धा दर्ता गर्ने तयारी गरेको छ, जसले नेपाली राजनीतिमा अर्को ठूलो हल्ला मच्चाउने संकेत देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.