मंगलवार, फाल्गुन ५,२०८२ 11:23:24
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:23:24
Bizshala
Global IME Bank Limited

गुहेश्वरी मर्चेण्ट बैंकिङको वित्तीय साक्षरता तथा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न

गुहेश्वरी मर्चेण्ट बैंकिङको वित्तीय साक्षरता तथा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आइतबार मध्यनेपाल नगरपालिका वडा नं ५ समिभञ्याङ, लमजुङका स्थानिय बासिन्दा तथा सम्झना माध्यमिक बिधालयका अभिभावक, शिक्षक तथा विद्यार्थीहरुबीच चैत ५ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा क्षेत्रीय प्रबन्धक विज्ञान गौतमले सहजीकरण गर्दै आम्दानीको केही प्रतिशत रकम भविष्यमा आइपर्नसक्ने वित्तीय जोखिम बहन गर्न वचत गर्नपर्ने तथा कर्जा रकम समयमा नै भुक्तानी गर्नुपर्ने कुरालाई जोड दिनुपर्ने बताएका थिए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

ग्लोबल मनि वीक को पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा सम्झना माध्यमिक बिधालय व्यबस्थापन समितिका अध्यक्ष तिर्थराज न्यौपाने, वडा नं ५ का वडाअध्यक्ष श्री ओमवीर गुरुङ, प्राधानाध्यपक श्री सन्तोष तिवारी लगायत शिक्षक शिक्षिका, बिधार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको कम्पनीले जनाएको छ।

सो अवसरमा संस्थाले सम्झना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री समेत बितरण गरेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.