काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्याली ’सम्पन्न गरेको छ । संस्थाले आफ्ना ३१ जना युवा महिला ग्राहक सदस्यहरु, तथा कैलाली जिल्लाको जोशीपुर स्थित मोहन्याल मावि कैलाली, लोखी स्थित राष्ट्रिय निमावि कैलाली, भगतपुर स्थित नेपाल होलील्याण्ड पब्लिक स्कूल, कैलाली, मुद्धि स्थित जनप्रकाश मावि कैलाली, बौनिया स्थित रघुनाथ मावि ,जोशीपुर स्थित बिपि. स्मृति विद्यालयकाका ९ जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा चैत ६ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त तालिममा प्रशिक्षकहरु विक्रम उपाध्याय, फूलमाया थारु रहेका संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले जानकारी दिए ।
संस्थाले ग्लोबल मनि वीकको अवसर पारे उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।