शुक्रबार, जेष्ठ १,२०८३ 01:29:40
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:29:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थमन्त्री खनालद्वारा अमेरिकी उच्च अधिकारी र दातृ निकायसँग भेटवार्ता

Laxmi Sunrise Bank Limited
अर्थमन्त्री खनालद्वारा अमेरिकी उच्च अधिकारी र दातृ निकायसँग भेटवार्ता
Shivam Cement

काठमाण्डौ । अमेरिकाको वासिङटन डि. सि. मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाका उच्च पदस्थ अधिकारी तथा विभिन्न दातृ निकायसँग भेटवार्ता गरेका छन् । 

अर्थमन्त्री खनालले अमेरिकी वाणिज्य प्रतिनिधिसँग नेपाल–अमेरिका बीचको व्यापार र लगानी प्रवर्द्धनका अवसरबारे छलफल र  Nepal Trade Preference Program (NTTP) को म्याद थपका लागि अनुरोध गरेका थिए । अमेरिकाको स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशका सम्बन्ध सुदृढ पार्ने र आपसी हितका विषयमा पनि संवाद भएको थियो।

Bizshala
New Office
CG Motors

त्यसैगरी, अर्थमन्त्री खनालले साउदी फन्ड र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) का प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकास क्षेत्रमा लगानी बढाउने सिफारिस गरेका थिए । 

साउदी फन्डका प्रतिनिधिले नेपालमा सिंचाइ र जलविद्युत परियोजनामा फन्डको लगानी जारी रहने जानकारी दिएका थिए ।  जापान सहयोग नियोगसँगको भेटमा विपी राजमार्ग पुनर्स्थापना, नागढुँगा सुरुङ मार्ग, र कोटेश्वर–सेक्शन आयोजना छिटो अगाडि बढाउने विषयमा छलफल भएको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया–प्रशान्त क्षेत्र निर्देशक कृष्णा श्रीनिभासनसँग समेत भेट गरी कोषको सहयोगमा सञ्चालन भएको विस्तारित कर्जा कार्यक्रम को कार्यान्वयन निरन्तरता दिने विषयमा छलफल गरेका थिए । यस अवसरमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षले विचार आदानप्रदान गरेका थिए । सो भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल पनि सहभागी थिए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.