आईतवार, फाल्गुन ११,२०८१ 09:26:14
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:26:14
IME remit
Global IME Bank Limited

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर

Hyundai Nepal
आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर
Nabil Bank Limited

काठमाण्डौ । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई एपी आई म्यानेजमेन्ट सिस्टम ‘एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिट्यान्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।

समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  खिलेन्द्र पौडेल  र  वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले  हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले  रेमिट स्विच प्रदान गर्नेछ  अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत  ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने छ । आईएमई लिमिटेड मार्फत  प्रदान गरिने  एपिआइको परीक्षण  तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने छ  ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको  ओपन एपिआइ स्ट्याण्डर्ड  प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरिएको हो। यस मार्फत एपिआइ इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन  प्रक्रियामा अगाडी बढ्न सक्ने छन् ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) खिलेन्द्र पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन  अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी  महत्त्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.