आइएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीको रूपमा सम्मानित
काठमाण्डौ । रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरू मध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाण्डौमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे।

