शनिबार, माघ १७,२०८२ 03:46:06
Bizshala
  • शनिबार, माघ १७,२०८२ 03:46:06
Bizshala
Global IME Bank Limited
Bizshala

आइएमई लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ। आइएमई लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कात्तिक २५ गते मंगलबारका दिन काठमामण्डौमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो । कम्पनीका स्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ ।

सभामा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा रहेको आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा रहन सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे । अध्यक्ष ढकालले २५ औं वर्षमा व्यावसायिक हिस्सा बिस्तार गर्दै नयाँ प्रविधि एव रणनीतिका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिटेन्स सेवाको थप विस्तार तथा विविधीकरण गर्दै आइएमईलाइ कम्पिलिट फाइनान्सियल सलुसन्सको रूपमा विकास गर्ने नीति लिइने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

Bizshala
Garima Development Bank
New Office

सभामा आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले २५ औं वर्षमा आइएमई लिमिटेड थप परिपक्व बन्दै नागरिकको जिवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याउदै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण रहेको बताए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल र सहज र सुरक्षित बनाउँदै लैजाने बताए । प्रमुख कार्यकारी दिवाकर पौडेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्याउन सफल रहने विश्वास पनि व्यक्त गरे ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.