आईतवार, बैशाख ६,२०८३ 08:00:53
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:00:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्र बैंकको निर्देशन: नपाएको ब्याज रकमलाई नाफाको रूपमा नदेखाउनू

Bizshala
राष्ट्र बैंकको निर्देशन: नपाएको ब्याज रकमलाई नाफाको रूपमा नदेखाउनू
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै बैंक र वित्तीय संस्थालाई नपाएको ब्याज रकमलाई नाफा रूपमा देखाउन नपाइने निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ कि आ.व. २०८२/८३ को पहिलो त्रैमासमा लेखा परीक्षण गर्दा असोज मसान्तसम्म वास्तवमै प्राप्त नभएको ब्याज रकमलाई नाफा आम्दानीमा देखाउन पाइने छैन। यस्तो ब्याज रकमलाई “प्राप्त हुन बाँकी ब्याज” (Interest Receivable) भनेर मात्र राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

राष्ट्र बैंकका अनुसार, सो रकमलाई नाफा बाँडफाँट, बोनस, सञ्चालक भत्ता वा सामाजिक उत्तरदायित्व कोषका लागि प्रयोग गर्न पनि मिल्दैन। यस्तो रकमलाई ‘सञ्चित नाफा’ (Retained Earning) अन्तर्गत मात्र देखाउनुपर्ने जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी, सबै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण यही कार्तिक २१ गतेभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले समयमै विवरण नबुझाउने र निर्देशनको पालना नगर्ने संस्थाहरूमाथि आवश्यक कारबाही हुने चेतावनी पनि दिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.