मंगलवार, आश्विन १३,२०८३ 11:05:05
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:05:05
Bizshala
Global IME Bank Limited

आगामी तीन दिनसम्म यस्तो रहनेछ मौसमको अवस्था, कुन–कुन ठाँउमा छ भारी वर्षा र हिमपातको सम्भावना ?

Bizshala
आगामी तीन दिनसम्म यस्तो रहनेछ मौसमको अवस्था, कुन–कुन ठाँउमा छ भारी वर्षा र हिमपातको सम्भावना ?
New Office

काठमाण्डौ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न ठाउँमा मौसम बदली भईरहेको छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेश केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपात भईरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।  

कात्तिक १२ गते बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात÷वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै कार्तिक १३ गते बिहीबार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानरूमा मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।  

मधेश प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

मौसमविद्हरूले बंगालको खाडीमा बनेको चक्रवाती आँधी मोन्थाको प्रभाव नेपालमा पनि देखिन सक्ने बताएका छन् । भारतीय मौसम विज्ञान विभागले मङ्गलबार चक्रवात ‘मौंथा’ थप शक्तिशाली भएर भीषण चक्रवाती आँधीमा परिणत हुने जनाएको छ । ‘मौंथा’ अहिले बंगालको खाडीमा सक्रिय छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.