देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी
काठमाण्डौ । आगामी २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ।कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार पछिल्लो १२...

