बिहीबार, असार २५,२०८३ 12:34:18
Bizshala
  • बिहीबार, असार २५,२०८३ 12:34:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडक खण्डमा आवागमन प्रभावित

Laxmi Sunrise Bank Limited
अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडक खण्डमा आवागमन प्रभावित

काठमाण्डौ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डमा आवागमन प्रभावित भएको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।

बिहीबार  कोशी प्रदेशका केही सडक एकतर्फी सञ्चालनमा आए पनि केही खण्ड पूर्ण रूपमा अवरुद्ध छन्। भोजपुर नगरपालिका–५ बोखिममा गत असार १२ गते बाढीका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सो क्षेत्रमा वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।

तर, इलाम नगरपालिका–९ राजदुवालीमा असार २३ गतेदेखि अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोलामा असार २५ गते आएको बाढीका कारण तमोर कोरिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

New Office
CG Motors
Garima Development Bank

बागमती प्रदेशमा पनि बाढीको जोखिम र सडक मर्मतका कारण आवागमन प्रभावित भएको छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण असार २२ गतेदेखि बीपी राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई रोक लगाइएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सडक खण्ड असार २५ गतेसम्म मर्मतका लागि बन्द रहने जनाइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लुम्बिनी प्रदेशमा पनि पहिरोले सडक अवरुद्ध बनाएको छ। पाल्पाको रीब्दीकोट गाउँपालिका–३ मालमुलमा असार २४ गते पहिरो खसेपछि पाल्पा–गुल्मी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजेगार्डमा गत असार १७ गते आएको बाढीका कारण भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध छ।

सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकहरू प्रभावित भएका छन्। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.