मंगलवार, असार ३,२०८२ 01:32:24
  • मंगलवार, असार ३,२०८२ 01:32:25
Global IME Bank Limited

घट्यो देशभर तापक्रम,मनसुन भित्रिन भने अझै केही दिन लाग्ने

Hyundai Nepal
घट्यो देशभर तापक्रम,मनसुन भित्रिन भने अझै केही दिन लाग्ने
Nabil Bank Limited

काठमाण्डौ । देशभर तापक्रम घटेको छ । देशका विभिन्न भागमा वर्ष भएकाले तापक्रम घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

यसले बढ्यो तापक्रमका कारण प्रभावित बन्दै गएको जवजीवनमा केही राहत प्रदान गरेको छ । विभागले शनिवार साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार नेपालगञ्जको तापक्रम ४१ दशमलव चार डिग्रीमा झरेको छ । यस्तै धनगढीको तापक्रम ४० दशमलव सात डिग्री रहेको छ । गत जेठ १७ गते नेपालगञ्जको तापक्रम ४४.२ डिग्री सेल्सियस पुगेको थियो । जुन यस वर्षकै सबैभन्दा धेर तापक्रम हो।  धनगढीको तापक्रम पनि पनि ४४.१ डिग्री मापन भएको थियो ।  

सोही दिन पोखराको तापक्रम ३४ र काठमाण्डौको ३४.४ डिग्री तापक्रम मापन भएको थियो । जुन शुक्रबार बेलुका झरेर पोखरामा अधिकतम तापक्रम ३१.५ र काठमाण्डौमा ३२ डिग्री कायम भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै गत जेठ १७ गते ४१ डिग्री रहेको विराटनगरको  तापक्रम ३४ मा झरेको छ । ४०.२ डिग्री रहेको दाङको घोराहीको तापक्रम पनि घटेर ३५.२ डिग्रीमा सीमित बनेको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक(दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी तथा लुम्बिनी प्रदेशका एक(दुइ स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ । नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन भने अझै केही दिन लाग्ने विभागले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.