काठमाण्डौ । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
प्रतिकूल मौसमको कारण देशका कतिपय स्थानमा भारी र अति भारी वर्षाको सम्भावना रहेकोले प्राधिकरणले रात्रिकालीन समयमा बस चलाउँदा जोखिम बढि हुने भएकाले यस्तो आग्रह गरेको हो । वर्षाको कारण उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन प्राधिकरणले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जनाएको छ ।
प्रतिकुल मौसमको कारण धान बाली प्रभावित हुन सक्ने भएकोले धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउनसमेत प्राधिकरणले आग्रह समेत गरेको छ ।