शुक्रबार, मंसिर ७,२०८१ 04:28:12
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 04:28:12
IME remit
Global IME Bank Limited

आज कुन–कुन स्थानमा छ भारी वर्षाको सम्भावना ? यस्तो छ मौसमको अवस्था

Hyundai Nepal
आज कुन–कुन स्थानमा छ भारी वर्षाको सम्भावना ? यस्तो छ मौसमको अवस्था
Nabil Bank Limited

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ।  गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती  र मधेश, प्रदेशका एक(दुई  स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम  प्रदेशका एक(दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती  र  गण्डकी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Bizshala
Shivam Cement
CG Motors

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

देशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.