काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज यस्तो पूर्वानुमान गरेको हो ।
विभागका अनुसार आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने छ ।
विभागका अनुसार हाल देशको स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
आज कोशी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।