शनिबार, आश्विन ५,२०८१ 07:55:34
IME remit
  • शनिबार, आश्विन ५,२०८१ 07:55:34
IME remit
Global IME Bank Limited

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

Hyundai Nepal
आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
Nabil Bank Limited

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको  छ ।  

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भु–भागका थोरै स्थानहरु तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।  

आज राती कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली देखी मूख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

Sagarmatha Cement
Shivam Cement

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भु–भागका थोरै स्थानहरु तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.