मंगलवार, आश्विन १३,२०८३ 11:04:04
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:04:04
Bizshala
Global IME Bank Limited

पश्चिमी वायु सक्रिय भएसँगै शुक्रबारबाट माघेझरी सुरु हुने

Bizshala
पश्चिमी वायु सक्रिय भएसँगै शुक्रबारबाट माघेझरी सुरु हुने
New Office

काठमाण्डौ । यस वर्षको हिउँदयाममा असामान्य रूपमा लामो समयसम्म वर्षा नहुँदा खडेरीको चिन्ता बढिरहेका बेला, शुक्रबारदेखि पश्चिमी वायु प्रणाली सक्रिय भई नेपालमा माघेझरी सुरु हुने संकेत देखिएको छ। मौसमविद्हरूका अनुसार माघ ९ गतेदेखि प्रवेश गर्ने यो प्रणाली माघ १३ गतेसम्म प्रभावकारी रहने सम्भावना छ।

मौसमविद्हरुका अनुसार पश्चिमबाट आउने प्रणालीले विशेषगरी पश्चिम नेपालमा उल्लेख्य वर्षा गराउने देखिएको छ। प्रणाली काठमाण्डौ उपत्यकासम्म आइपुग्ने भए पनि उपत्यकामा भने छिटपुट वर्षामै सीमित रहने अनुमान छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यस वर्षको हिउँदयाममा हालसम्म एकपटक पनि वर्षा भएको छैन। सामान्यतया मंसिर १६ देखि फागुन १६ सम्मको अवधिमा औसत ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि यस वर्ष वर्षा शून्य रहनुले कृषि, जलस्रोत र वातावरणीय सन्तुलनप्रति चिन्ता बढाएको छ।

आज र भोलि मौसम सामान्यतया घमाइलो रहने र हाल केही घटेको चिसो शुक्रबारसम्म निरन्तर रहनेछ तर शुक्रबारदेखि पश्चिमी वायुको प्रभावसँगै चिसो बढ्नुका साथै वर्षा सुरु हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले पूर्वचेतावनी जारी गर्दै माघ ९ गते लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने जनाएको छ।

साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपातको सम्भावना पनि रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.