आईतवार, बैशाख ७,२०८२ 03:12:59
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 03:12:59
IME remit
Global IME Bank Limited

काठमाण्डौमा आज कस्तो रहँला मौसमको अवस्था ? यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

Hyundai Nepal
काठमाण्डौमा आज कस्तो रहँला मौसमको अवस्था ? यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
Nabil Bank Limited

काठमाण्डौ । आज काठमाण्डौको अधिकतम तापक्रम ३१.७ डिग्री सेल्सियस रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाण्डौको अधिकतम तापक्रम ३१.७ डिग्री र न्यूनतम तापक्रम २२ डिग्री सेल्सिय रहने पूर्वानुमान गरेको हो । विभागका अनुसार आज काठमाण्डौमा ०.२ मिलिमिटर वर्षाको सम्भावना रहेको छ ।  

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ । साथै, बाँकी भू–भागमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ।

 कोशी, मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका  थोरै स्थानहरुमा साथै गण्डकी र लुम्बिनी एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Shivam Cement
Bizshala
CG Motors

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका  एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका  एक(दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.