मंगलवार, असार ३,२०८२ 10:50:00
  • मंगलवार, असार ३,२०८२ 10:50:00
Global IME Bank Limited

काठमाण्डौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्रीका बीच रहने, कोशी र मधेश प्रदेशमा हावा–हुरीको चेतावनी

Hyundai Nepal
काठमाण्डौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्रीका बीच रहने, कोशी र मधेश प्रदेशमा हावा–हुरीको चेतावनी
Nabil Bank Limited

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्रीका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाण्डौ उपत्यकाको तापक्रमको पूर्वानुमान गर्दै यस्तो जनाएको हो । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ। कोशी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा  तथा बाँकी भू–भागको एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेश र मधेश प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ।

कोशी प्रदेश लगायत  बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेश र मधेश प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु विभागले चेतावनी दिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.