काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर १२ गते काठमाण्डौको बालुवाटारमा रहेको कम्पनीको कार्यालयमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आव २०८१/८२ को सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदनमाछि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

