शुक्रबार, जेष्ठ १,२०८३ 01:27:56
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:27:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘राजीनामा गर्न लाग्नुभएको हो ?’ अर्थमन्त्री खनालले दिए यस्तो जवाफ

Laxmi Sunrise Bank Limited
‘राजीनामा गर्न लाग्नुभएको हो ?’ अर्थमन्त्री खनालले दिए यस्तो जवाफ
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले हिजो राति एउटा स्टाटस लेखेपछि त्यसको अनेक कोणबाट चर्चा परिचर्चा भइरहेका छन् । त्यसकै आधारमा धेरैले धेरै खालका अड्कलबाजीहरु पनि गरिरहेका छन् ।

खनालले हिजो सामाजिक सञ्जालमा लेखेका थिए-'लेट देम टू वीन, अर्थात उनीहरुलाई जित्न दिऊँ ।' 

Bizshala
New Office
CG Motors

उनको यो स्टाटसलाई आधार बनाएर पछिल्लो समय डोल्मा कम्प्याक्ट फण्डलाई कर छुटको विवादास्पद निर्णय गराए पनि मुख्यसचिवले त्यो रोकेपछि नैतिक दवाबमा परेका खनालले राजीनामा गर्नसक्ने अड्कलबाजी पनि गरिरहेका छन् । यिनै अड्कलवाजीहरुको विषयमा प्रष्ट हुन हामीले आइतबार बिहान अर्थमन्त्रीलाई सोध्यौं- राजीनामा गर्न लाग्नुभएको हो ?

अर्थमन्त्री खनालले आफ्नो स्टाटसलाई मानिसहरुले गलत ढंगले बुझेका र गलत अर्थ लगाएका दाबी गरे । 'मैले के भन्न खोजिरहेको हो र के गर्न खोजिरहेको भन्ने कुराको मानिसले भेउ नै पाएनन् । मेरो आशय नै बुझ्दैनन् ।' उनले बिजशालासँग भने-'मैले राजीनामा गर्ने के कारण छ र ? अर्थतन्त्रमा सुधार नगरी, केही न केही परिवर्तन गर्ने हुटहुटी पूरा नगरी कसैले आरोप लगाएको वा हल्ला फैलाएकै भरमा राजीनामा गरेर खुरुखुरु घर जाने कुरै छैन ।' 

Garima Development Bank
Shivam Cement
IME remit

उनले आफू आफ्नो कामप्रति प्रतिबद्ध रहेको र आफ्ना निर्णयको विषयमा पूर्ण जवाफदेही रहेको उल्लेख गर्दै कतिपयले देशको दीर्घकालीन हित सोचेर गरिएको निर्णय कति महत्वपूर्ण छ भन्ने कुरा समयसँगै बुझ्दै जानेमा आफू विश्वस्त रहेको समेत दाबी गरे।  

उनले भने-'हामी कुनै निर्णय गर्नुअघि डिसकस गर्छौ, त्यसपछि निर्णय लिन्छौं र गर्छौ भनेको कुरा गरेरै छाड्छौं ।'

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.