काठमाण्डो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको) लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी क्षति मूल्यांकनको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी चैत २३ गतेदेसख २६ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गर्ने भएको हो ।
तालिममा सहभागी हुनका लागि कृषि वा पशुपन्छी वा जडिबुटी वा वनस्पति सम्बन्धी विषयमा कम्तीमा दश जोड दुई वा सो सरहको परीक्षा उत्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले कृषि पशुपन्छी तथा जडिबुटी क्षति बीमा अभिकर्ताको समेत तालिम प्रदान गर्ने भएको छ । यो तालिमका लागि भने एसईई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने वा वनस्पति विज्ञानमा एक वर्षको तालिम प्राप्त गरेको वा सोभन्दा माथिको योग्यता भएको व्यक्ति हुनुपर्नेछ ।
यी दुवै तालिमको सहभागीता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । तालिममा ३० जनाभन्दा बढी सहभागी नगराइने कम्पनीले उल्लेख गरेको छ ।