शनिबार, फाल्गुन १०,२०८१ 08:18:39
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:18:39
IME remit
Global IME Bank Limited

घर–जग्गा कारोबारमा बीमा कम्पनीहरुको लगानी शून्य, किन डराए ?

Hyundai Nepal
घर–जग्गा कारोबारमा बीमा कम्पनीहरुको लगानी शून्य, किन डराए ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार २८ बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म झण्डै ७ खर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।  

१४ जीवन बीमा कम्पनी र १४ निर्जीवन बीमा कम्पनीले बैंकको मुद्दती निक्षेप, अग्राधिकार सेयर, बण्ड, ऋणपत्र, सूचीकृत सेयर, म्युचुअल फण्ड र अन्य क्षेत्रमा कुल ६ खर्ब ९८ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् ।  

यो लगानी गत आवको यसै अवधिसम्मको तुलनामा २०.२४ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ५ खर्ब ८० अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका थिए ।  

बीमा कम्पनीहरुले कुल लगानीको ७५.९३ प्रतिशत रकम बैंकहरुको मुद्दती निक्षेपमा मात्रै लगानी गरेका छन् । जीवन तथा निर्जीवन बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म मुद्दती निक्षेपमा मात्रै ५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् ।  

जसमा जीवन बीमा कम्पनीहरुले मात्रै ४ खर्ब ८० अर्ब ३९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ७९ करोड रुपैयाँ बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।  

नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले ‘क’ वर्गको बैंकमा ३० प्रतिशत, ‘ख’ वर्गको बैंकमा १० प्रतिशत र ‘ग’ वर्गको वित्तीय संस्थामा कुल लगानीको ५ प्रतिशत रकम मुद्दती निक्षेपको रुपमा लगानी गर्न पाउने व्यवस्था छ ।  

बीमा कम्पनीहरुले गत वर्षको तुलनामा लगानीको दायरा बढाएपनि ७५ प्रतिशत भन्दा बढी रकम मुद्दती निक्षेपमा मात्रै लगानी गरेका छन् । बीमा प्राधिकरणले पटक–पटक बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा समेत अध्ययन गरी लगानी गर्न प्रोत्साहन र निर्देशन पनि दिदैं आइरहेको छ । तर बीमा कम्पनीहरु लगानी सुरक्षित हुने आश्वासनले मुद्दती निक्षेपमा लगानी गर्न बढी केन्द्रीत छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

अन्य क्षेत्रमा लगानी गर्दा बढी जोखिम हुन सक्ने र प्रतिफल पनि पाउने ग्यारेन्टी नहुँदा मुद्दती निक्षेपको लगानीमा बढी केन्द्रीत भएको बीमा कम्पनीका सीईओहरु बताउँछन् । ‘मुद्दती निक्षेपमा लगानी गर्दा बैंकहरुबाट ब्याज आउने निश्चित हुन्छ, तर त्यही रकम जस्तै सेयरबजारमा लगानी गर्ने हो भने बजार घट्दा लगानी डुब्न सक्ने अवस्था आउँछ’ एक कम्पनीका सीईओले भने, ‘प्राधिकरणले लगानीको लागि सहज बनाएपनि बीमा कम्पनीहरु सेवामुखीसँगै नाफामुखी पनि बन्नुपर्छ तर अन्य क्षेत्रमा लगानी गर्दा बीमा कम्पनीको प्रोफिट राम्रो नहुन सक्छ ।’  

गत आवको तुलनामा बीमा कम्पनीहरुले प्रत्येक क्षेत्रमा लगानीको दायरा बढाएको देखिन्छ । घर–जग्गाको कारोबारमा भने २८ वटै बीमा कम्पनीको लगानी शुन्य छ । गत आवको दोस्रो त्रैमाससम्म नेशनल लाइफ इन्स्योरेन्सले मात्रै ३६ करोड २४ लाख रुपैयाँ घर–जग्गामा कारोबार गरेको थियो । तर चालु आवको यस अवधिसम्म कुनै पनि कम्पनीले घर जग्गामा लगानी गरेका छैनन् ।  

प्राधिकरणको लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम घर–जग्गामा लगानी गर्न पाउने व्यवस्था छ । गत आवसम्म बीमा कम्पनीहरुले घर–जग्गामा कुल लगानीको ५ प्रतिशत रकम मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । प्राधिकरणले लगानीको दायरा बढाउन सहजता बनाइदिएपनि बीमा कम्पनीहरु अन्य क्षेत्रमा लगानी गर्न डराइरहेका छन् ।  

आर्थिक मन्दीका कारण घर–जग्गाको कारोबार राम्रो नभएका कारण बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा लगानी गर्न डराइरहेको बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल बताउँछन् ।  

‘गत आवको तुलनामा सबै बीमा कम्पनीहरुले लगानी बढाएका छन्, तर ७५ प्रतिशत भन्दा बढी रकम मुद्दती निक्षेपमा मात्रै लगानी गरेको देखिन्छ’ उनले भने, ‘एकै क्षेत्रमा मात्रै लगानी बढाउँदा बीमा कम्पनीको आम्दानीको अवस्था राम्रो नहुन सक्छ, बीमा कम्पनीहरुले अध्ययन गरेर अन्य क्षेत्रमा पनि लगानी थप्नुपर्छ ।’  

बीमा कम्पनीहरुमा अध्ययन नहुँदा अन्य क्षेत्रमा लगानी बढाउन नसकेको सिलवालले बताए । ‘हामीले पटक–पटक बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा पनि अध्ययन गरेर लगानी गर्न प्रोत्साहन र निर्देशन दिइरहेका छौं, तर बीमा कम्पनीहरुको लगानीको अवस्था पुरानै शैलीमा छ’ उनले भने, ‘लगानी थपेर मात्रै हुँदैन प्राधिकरणले लगानीको लागि सहजता बनाए जसरी बीमा कम्पनीहरुले अन्य क्षेत्रमा पनि लगानी सिर्जना गर्नुपर्छ ।’  

दोस्रो त्रैमासम्म कुनै पनि बीमा कम्पनीले घर–जग्गा कारोबारमा लगानी गरेका छैनन् । सिलवालका अनुसार एउटा बीमा कम्पनीले घर–जग्गामा लगानी गर्न प्राधिकरणमा प्रस्ताव पेश गरेको छ । ‘एउटा बीमा कम्पनीले घर–जग्गामा लगानी गर्न प्राधिकरणसमक्ष अनुमति मागेको छ’ उनले भने, ‘अहिले सो कम्पनीले यो क्षेत्रमा लगानी गरेर उत्कृष्ट प्रतिफल पाएमा अन्य कम्पनीले पनि घर–जग्गाको कारोबारमा लगानी गर्ने पक्का छ, र विस्तारै देशको आर्थिक अवस्था सुधार हुँदैछ, घर–जग्गाको कारोबार बढ्न थालेको छ यो सँगै बीमा कम्पनीले पनि यस क्षेत्रमा लगानी गर्ने सम्भावना बढी छ ।’ 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.