घर–जग्गा कारोबारमा बीमा कम्पनीहरुको लगानी शून्य, किन डराए ?
काठमाण्डौ । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार २८ बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म झण्डै ७ खर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । १४ जीवन बीमा कम्पनी र १४ निर्जीवन बीमा कम्पनीले बैंकको मुद्दती निक्षेप, अग्राधिकार सेयर, बण्ड, ऋणपत्र, सूचीकृत सेयर, म्युचुअल फण्ड र अन्य क्षेत्रमा कुल ६ खर्ब ९८ अर्ब...