मंगलवार, फाल्गुन ५,२०८२ 03:32:46
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:32:46
Bizshala
Global IME Bank Limited

युनिलिभर नेपालको नाफा ४३.०६% ले घट्यो, ईपीएसमा पनि गिरावट

युनिलिभर नेपालको नाफा ४३.०६% ले घट्यो, ईपीएसमा पनि गिरावट
Shivam Cement

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको आम्दानीमा संकुचन आउदा नाफा प्रभावित बनेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी र नाफा दुवै घटेको छ । कम्पनीले यो अवधिमा २ अर्ब २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.०२ प्रतिशतले कम हो ।  

यस्तै कम्पनीको खुद मुनाफामा समेत ४३.०६ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ५२ करोड ६९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा भने ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको कुल खर्च पनि १.३८ प्रतिशतले बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँ रहेको कम्पनीको खर्च बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।  

कम्पनीको रिटेन्ट अर्निङ २.९१ प्रतिशतले बढेको छ । रिटेन्ड अर्निङको आकार ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको) १८८४ रुपैयाँ, प्रतिसेयर  नेटवर्थ ६००३ रुपैयाँ र तरलता अनुपात २.५४ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा कम्पनीको ईपीएस २०९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५८३६ रुपैयाँ थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.