बिहीबार, असार ११,२०८३ 01:19:04
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:19:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गत आ.ब.मा राष्ट्रबैंकको खूद आय ८०.४ अर्ब, सरकारलाई दियो रु. ४२ अर्ब

Laxmi Sunrise Bank Limited
गत आ.ब.मा राष्ट्रबैंकको खूद आय ८०.४ अर्ब, सरकारलाई दियो रु. ४२ अर्ब

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो आम्दानी ९.११ प्रतिशतले बढाउने सफलता पाएको छ ।  

केन्द्रीय बैंकले आइतबार अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ÷हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको बताइएको हो । 

New Office
CG Motors
Garima Development Bank

राष्ट्र बैंक सञ्चालक समितिको मिति २०८२ कात्तिक २८ को बैठकले बैंकका विभिन्न कोषहरूमा छुट्ट्याउनुपर्ने आवश्यक रकम विनियोजन गरी बाँकी रकम रु.४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय समेत गरेको प्रतिवेदनमा उल्लेख छ ।  

२०८२ असार मसान्तको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई रु.२६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको प्रतिवेदनमा उल्लेख छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ मा ‘बैंकले वासलात, आय व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकारसमक्ष उक्त प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ । साथै, ऐनको दफा ९३(१) मा बैंकको लेखापरीक्षण, बैंकका कामकारबाही र आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

आइतबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गरेका थिए । तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीयववरणलाई प्रस्तुत गरिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.