काठमाण्डौ । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र अन्य मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ । बीबीसीका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पनि पाँच–पाँच वर्षको जेल सजाय सुनाइएको छ।
फैसला सुनाउँदै अदालतले शेख हसिना र उनको परिवारलाई कुनै पनि निवेदन बिना आफ्नो क्षेत्राधिकार बाहिरको जग्गा बाँडिएको बताएको छ ।
यो निर्णय ढाकाका पाँचौं विशेष न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामुनले दिएका हुन् ।
यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

