आईतवार, फाल्गुन ३,२०८२ 08:40:37
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:40:37
Bizshala
Global IME Bank Limited

सेयर बजारमा फैलाइएको हल्लाजस्तो आएन मौद्रिक समीक्षा, संस्थागत र व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अब समान

सेयर बजारमा फैलाइएको हल्लाजस्तो आएन मौद्रिक समीक्षा, संस्थागत र व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अब समान
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक सार्वजनिक गरेको छ ।  

समीक्षामा सेयर बजारमा हल्ला फैलाइएकोजस्तो कुनै पनि व्यवस्था भएन । केही व्यक्ति तथा समूहहरुले नियोजित रुपमा फैलाएका हल्लाभन्दा बाहिर रहेर राष्ट्रबैंकले मौद्रिक नीतिको समीक्षा गरेको देखिएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

 राष्ट्रबैंकले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरेको छ ।  

ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत राखिएको छ ।  

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिदिएको छ ।  

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष (Personal Overdraft) कर्जाको विद्यमान सीमा रु.५० लाखबाट वृद्धि गरी रु.१ करोड कायम गरिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.