आईतवार, फाल्गुन ३,२०८२ 06:28:29
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:28:29
Bizshala
Global IME Bank Limited

बीमा कम्पनीहरुको सेयरबजारमा रु.४८.११ अर्ब लगानी, ब्याजदर घट्दा अधिकांशले बढाए

बीमा कम्पनीहरुको सेयरबजारमा रु.४८.११ अर्ब लगानी, ब्याजदर घट्दा अधिकांशले बढाए
Shivam Cement

काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा मात्रै आधा खर्ब लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्म जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमकहरुले सेयरबजारमा कुल ४८ अर्ब ११ करोड ११ लाख रुपैयाँ लगानी गरेका छन् ।

यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा ५५.५५ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म बीमा कम्पनीहरुले सेयरबजारमा ३० अर्ब ९२ करोड ९५ लाख रुपैयाँ लगानी गरेका थिए ।

तथ्याङ्कअनुसार बीमा कम्पनीहरुले सेयरबाजरमा आक्रामक रुपमा लगानी बढाएका छन् । बैंकहरुको ब्याजदर निरन्तर घट्दै गएपछि बीमकहरुले मुद्दती निक्षेपको रकम सेयरबजारतर्फ सिफ्ट गरेका छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

केही वर्षअघिसम्म बीमा कम्पनीहरु सेयरबजारमा लगानी गर्न वा लगानी बढाउन असुरक्षित महसुस गर्दथे । बैंकहरुको मुद्दतीमा पैसा राख्दा केही प्रतिशत भएपनि ब्याजको रुपमा रिटर्न पाउने हुँदा बीमा कम्पनीहरुले ८० प्रतिशत भन्दा बढी रकम मुद्दतीमा नै थुपार्ने गर्दथे । तर पछिल्लो केही समययता बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर क्रमिक रुपमा घट्न थालेपछि बीमकहरु लगानीको नयाँ उपकरण नपाएपछि सेयरबजारतर्फ सिफ्ट हुन थालेका छन् ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानी विविधिकरणमा जोड दिदै विभिन्न सेक्टरमा समेत लगानी गर्न प्रोत्साहन गर्दै आइरहेको छ । तर बीमा कम्पनीहरु भने लगानीको वातावरण धमिलिदै गएको बताउँछन् । बीमकहरुले बीमा कम्पनीमा थुप्रिएको रकम विदेशमा लागनी गर्ने बाटो खोल्न समेत माग गरिरहेका छन् ।

प्राधिकरणले बीमकहरुको लगानीमा थप सहजता अपनाउँदै सेयरबजारमा गर्ने लगानीको सीमा समेत बढाईदिएको छ । गत वर्षसम्म सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्दा सम्बधित कम्पनीको कायम चुक्तापूँजीको ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेकोमा प्राधिकरणले लगानी दायरा बढाएर १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसकारण पनि बीमा कम्पनीहरुको सेयरबजारमा लगानी आक्रामक देखिएको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिसम्म जीवन बीमातर्फ एशियन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी र निर्जीवनतर्फ आइजीआई प्रुडेन्सियल, सानिमा जिआइसी र प्रभु इन्स्योरेन्सको सेयरबजारमा लगानी घटेको छ भने बाँकी सबै कम्पनीको उल्लेख्य बढेको छ ।

पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले मात्रै सेयरबजारमा ३७ अर्ब ७१ करोड ४ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ५१.६६ प्रतिशत बढी हो ।

त्यस्तै, निर्जीवन बीमकहरुले पनि सो अवधिसम्म सेयरबजारमा ५ अर्ब १६ करोड २ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम गत आवको तुलनामा २७.०२ प्रतिशत बढी हो ।

साथै पुनर्बीमा कम्पनीहरुले ५ अर्ब ९ करोड रुपैयाँ र लघुबीमा कम्पनीहरुले १४ करोड ३८ लाख रुपैयाँ लगानी गरेका छन् ।

 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.