मंगलवार, आश्विन २८,२०८२ 06:58:05
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 06:58:05
IME remit
Global IME Bank Limited

ब्रोकरको नयाँ टीएमएस ४ वर्षदेखि अलपत्र, ‘वाइको कम्पनीलाई मेगा चिठ्ठा’

Hyundai Nepal
ब्रोकरको नयाँ टीएमएस ४ वर्षदेखि अलपत्र, ‘वाइको कम्पनीलाई मेगा चिठ्ठा’
Shivam Cement

काठमाण्डौ । अहिले संसारमा कुनै क्षेत्रमा पैसा छ भने,त्यो क्षेत्र हो आइटी क्षेत्र । आईटी कम्पनीहरुले यतिबेला विश्वभर मनग्य आम्दानी गरिरहेका छन् । बैंक,वित्तीय संस्था, सार्वजनिक संस्थान र स्वास्थ्य क्षेत्र सबैमा आईटीको बढ्दो प्रयोगले यो क्षेत्रमा आर्कषण देखिएको छ ।  पछिल्लो समय नेपालको सेयर बजारमा सेयरको अभौतिकिकरण हुन थालेसँगै आईटी क्षेत्रको औपचारिक प्रवेश भएको छ । त्यसमा पनि आइएमई समूह हावी रहेको भनिएको वाइको कम्पनीलाई भने एक पछि अर्को चिठ्ठा पर्दै गएको ब्रोकरहरु नै बताउँछन् ।

पहिले करिब ५० वटा मात्रै ब्रोकरहरुले चलाउने यो सिस्टम पछि ४३ वटा ब्रोकर थपिए पछि वाइकोलाई चिठ्ठै परे जस्तो भएको छ । प्रति ब्रोकर मासिक ३ लाख लिंदै आएको यो शुल्क घट्ने भन्दा पनि दिन दिनै बढ्दो क्रममा रहेको ब्रोकर बताँउछन । यसमा पनि ब्रोकरहरुले ल्याउने भनेको नयाँ फिचर सहितको टीएमएस ४ वर्ष देखि अलपत्र परे पछि भने वाइकोलाई मेगा लोटरी नै परेको एक आइटी विज्ञ बताउँछन् ।  

Shivam Cement
Bizshala
CG Motors

हालको टीएमएसबाट  धोका पाए पछि ब्रोकरहरुले २०७७ साल माघ महिनामा नयाँ टीएमएसको लागि धितोपत्रबोर्ड बाट एपीआइ पोलिसी पाएका थिए । त्यस पछि ३३ वटा ब्रोकरबाट प्रति ब्रोकर ११ लाखको दरले पैसा पनि उठाइएको थियो । केहि ब्रोकरले त वाइको कम्पनीले नै नयाँ टिएमएस ल्याउन नदिईरहेको आरोप समेत लगाएका छन् । नयाँ टीएमएस आएपनि आफ्नो व्यवसाय खोसिने डरले वाइकोले नयाँ टीएमएस रोक्न विभिन्न हत्कन्डा अपनाईरहेको ब्रोकर बताउँछन् । एक ब्रोकरले भने,‘नयाँ टीएमएस त हामीले पनि मिडिया तिरबाट मात्रै सुन्न पाएका छौ । तर हालसम्म पनि टेस्टिङकै फेजमा चलेको यो टीएमएसले वाईको कम्पनीले नै रोकेको दाबी गर्नेहरु पनि बजारमा छन् । प्रतिस्पर्धि रोक्ने प्रयास पुरानो कम्पनीहरुबाट हुन्छ नै । हामीले पनि नयाँ ब्रोकरलाई रोक्ने प्रयास गरेकै हो । ’

लामो समय देखि नयाँ टिएमएस नआउनुमा वाइको कै चलखेल रहेको मान्नेहरुको जमातको कमी छैन बजारमा । यो सिस्टम टेस्टिङमा रहेको भनेको मात्रै डेढ बर्ष भन्दा बढी भयो । नयाँ टीएमएसको नेतृत्व गरेका टंक गौतमले टेस्टिङमा नै ‘इरर ’आएर केही समय लागेको भेण्डर कम्नपीले जानकारी दिएको बताउँछन् । नयाँ टीएमएसकै टेस्टिङ गरेका सन्तोष मैनाली भने सम्पर्कमा आएनन् ।  

उता नेप्सेका एक अधिकारीले पनि नयाँ टीएमएस लामो समय टेस्टिङग कै फेजमा छ भन्नुमा केहि शंखा गर्ने ठाउँ रहेको बताए । डीजी हबका एक अधिकारी राजन घिमिेरेले नयाँ टिएमएसमा ढिलाई हुनुमा प्राविधिक कारण नै रहेको दाबी गरे । उनले भने,‘हामीलाई विश्वव्यापि मान्यता अनुसारको कार्य प्रणाली आवश्यक हुन्छ । हाम्रोमा इन्ट्रिग्रेसन र कनेक्टिभिटिमा पनि केही समस्या आयो । सीडीएससीमा कनेक्ट गर्ने पनि हामी पहिले कम्पनी वन्यौं । यद्यपि यो साता सम्म सबै समस्याको समधान हुन्छ । सबै विषय मिलेको खण्डमा अब हामीले वैशाख सम्ममा लाइभमा जाने योजना बनाएका छौ । ’ 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.