शुक्रबार, श्रावण २२,२०८३ 01:18:29
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 01:18:29
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा रुरु जलविद्युत, मिड सोलु हाईड्रोपावर, स्वावलम्बन लघुवित्त र चन्द्रागिरी हिल्सको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात रुरु जलविद्युतको सेयरमूल्य प्रतिकित्ता ६६०.९१ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७२७ रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५.७८९ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यस्तै मिड सोलु हाईड्रोपावरले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ७९८.२६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९१८ रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ७२७.०२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६८ रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यस्तै चन्द्रागिरी हिल्सको सेयरमूल्य पनि समायोजन हुँदै प्रतिकित्ता ८४३.८१ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८८६ रुपैयाँ कायम थियो । कम्पनीले आव २०८१/८२ का लागि वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.