काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल ५ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको हो । यो सँगै कम्पनीको सूचीकृत सेयर संख्या ७५ लाख ६० हजार कित्ता पुगेको छ ।
सूचीकृत बोनस सेयरको कारोबार पुष १६ गतेबाट खुल्नेछ ।

