काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा किशोर कुमार भट्टराई नियुक्त भएका छन् । पुस २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल ४ वर्षको हुनेछ । यस्तै बैठकले संस्थाका नायब सीईओ रेशम न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।