सोमबार, श्रावण १८,२०८३ 03:35:31
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:35:31
Bizshala
Global IME Bank Limited

राइड सेयरिङ कम्पनीले १२ करोडको बिल पठाएपछि.......

राइड सेयरिङ कम्पनीले १२ करोडको बिल पठाएपछि.......
New Office

काठमाण्डौ । तपाई बिहान अफिस जादै हुनुहन्छ र तपाईलाई करोडौ रुपैयाँको बिल आयो भने के गर्नुहुन्छ ? तपाईले २–४ सय रुपैयाँ पर्ने भाडा पर्ने ट्याक्सी वा वाइक बुकिङ गर्नु भएकोमा करोडौ रुपैयाँ बिल आउँदा पक्कै पनि पसिना छुट्छ ।  

भारतमा राइड सेयरिङ कम्पनी उबरले एक ग्राहकलाई यस्तै गरेको छ  । भारतीय नागरिक दीपक तेनगुरियाले उबरबाट १२ करोड रुपैयाँबराबरको बिल प्राप्त गरेका छन् । दीपकले उबरबाट अटो बुक  गरेका थिए र जसको भाडा ६२ रुपैयाँ भारु मात्रै थियो । तर अब ट्रिप भयो,तब कहानी सम्पूर्ण रुपमा बदलियो ।  

यात्रा सकिएपछि कम्पनीले उनलाई ७ करोड ६६ लाख ८३ हजार ७६२(१२ करोड नेपाली रुपैयाँ बढी)को बिल पठायो । बिलमा वेटिङ टाइम र अन्य विवरणहरु समेत समावेश  थियो । कम्पनीले यात्राको भाडा १ करोड ६७ लाख ७४ हजार ६४७ भारु र वेटिङ टाइमका लागि ५ करोड ९९ लाख ९ हजार १८९ भारुबराबरको शुल्क तिर्न बिल पठाएको थियो ।  

कम्पनीले कु्ल बिलमा ७५ भारु छुट प्रदान गरेको छ । पिडितले बिलसहित आफ्नो एउटा भिडियो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सेयर गरेका छन् । यसमा उनले आफ्नो यात्राको अन्य विवरणहरु समेत समावेश गरेका छन् ।  

उनले एक्समा भिडियो सेयर गरेपछि कम्पनीले यसको जवाफ दिएको छ । कम्पनीको सपोर्ट बोटले यो असुविधाका बारेमा दुख मनाउ गर्दै यस बारेमा जाचँ गर्ने उल्लेख गरेको छ ।  

उबरले यति धेरै बिल पठाएको यो पहिलोपटक भने होइन । यसअघि केहि वर्ष पहिले पनि उबरले एक यात्र्लाई ५५ डलरको ठाउँमा २९ हजार ९९४ डलरको बिल पठाएको थियो ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.