आईतवार, फाल्गुन ३,२०८२ 02:11:32
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:11:32
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद् निर्णयः छानबिन आयोगको म्याद २० दिन थप, गृहमन्त्री अर्याल सरकारका नयाँ प्रवक्ता

मन्त्रिपरिषद् निर्णयः छानबिन आयोगको म्याद २० दिन थप, गृहमन्त्री अर्याल सरकारका नयाँ प्रवक्ता
Shivam Cement

काठमाण्डौ । सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप समय दिएर अनुसन्धानलाई निष्कर्षमुखी बनाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले घटनासँग सम्बन्धित सबै पक्षको तथ्यगत अध्ययन गरी विश्वसनीय प्रतिवेदन पेस गर्न आयोगलाई समय थप गरिएको जानकारी दिए।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकासतर्फ पनि महत्त्वपूर्ण निर्णय गरेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने २० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ। यसले परियोजनाको प्रारम्भिक तयारी र गुणस्तरीय कार्यान्वयनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ। यसअघि प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा सहभागी हुने घोषणा गर्दै पदबाट राजीनामा दिएपछि प्रवक्ता पद रिक्त रहेको थियो।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.