काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदका लागि ५ जनाको दरखास्त आवेदन स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान आवेदन मा गरेको थियो । उक्त सूचनाका आधारमा दरखास्त फाराममध्ये ५ जना उम्मेदवारले पेश गरेको दरखास्त फाराम स्वीकृत भएको हो ।
दरखास्त फाराम स्वीकृत हुने उम्मेदवारमा प्रकाश घिमिरे,तारानाथ पाण्डे,पिताम्बर सापकोटा,रोशन कुमार अधिकारी र गोबिन्द प्रसाल शर्मा रहेका छन् । दरखास्त फाराम स्वीकृत भएका ५ जना आवेदकलाई नेपाल राष्ट्र बैंकले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न आह्वान गरेको छ ।
प्रकाश घिमिरे र तारानाथ पाण्डेलाई चैत २१ गते बुधबार बेलुका ५ः३० बजे व्यावसायिक कार्ययोजना पेश गर्न बोलाइएको छ । त्यस्तै, पिताम्बर सापकोटा र रोशनकुमार अधिकारीलाई चैत २२ गते बेलुका ५ः३० बजे र गोविन्दप्रसाद शर्मालाई चैत २३ गते दिउँसो २ बजे कार्यायोजना प्रस्तुत गर्न बोलाइएको छ ।