मंगलवार, बैशाख ८,२०८३ 12:03:55
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 12:03:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पले ट्यारिफ बढाएसँगै दक्षिण कोरियाली अटो कम्पनीहरुको सेयरमूल्यमा गिरावट

Bizshala
ट्रम्पले ट्यारिफ बढाएसँगै दक्षिण कोरियाली अटो कम्पनीहरुको सेयरमूल्यमा गिरावट
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने कार, औषधि र काठजन्य सामग्रीमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेसँगै दक्षिण कोरियाली अिटो कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ ।

यो खबर सार्वजनिक भए लगत्तै हुन्डाई मोटरको सेयरमूल्य ४.७७ प्रतिशतले घटेको थियो । तर पछि केही सुधार हुँदै अन्त्यमा ०.८१ प्रतिशतले घट्यो। हुन्डाईको सहायक कम्पनी कियाको सेयरमूल्य पनि लगभग ३.५ प्रतिशतले घटेको छ । यस्तै हुन्डाई मोबिसको सेयरमूल्य समेत ५ प्रतिशतले घटेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ट्रम्पले ट्रुथ सोसलमा दक्षिण कोरियाको संसदले अमेरिकी–कोरियाको सम्झौताअनुसार काम नगरेको आरोप लगाएका छनद् । यसर्थ दक्षिण कोरियाबाट आयात हुने वस्तुमाथिको ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याइएको ट्रम्पले बताएका छन् ।

CG Motors
Garima Development Bank
IME remit

तर, दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले भने अमेरिकी सरकारबाट औपचारिक सूचना प्राप्त नभएको जनाएको छ। सम्बन्धित मन्त्रालयहरूसँग परामर्श गरी यसको समाधान खोज्ने तयारी भईरहेको दक्षिण कोरियाली मिडियाले बताएका छन् ।

अमेरिकाले २०२४ मा दक्षिण कोरियाबाट १३१.६ अर्ब डलर बराबरको सामान आयात गरेको थियो। जुलाई २०२५ मा भएको सम्झौतामा ट्रम्पले अमेरिकाले १५ प्रतिशत शुल्क मात्र लगाउने र दक्षिण कोरियाले ३५० अर्ब डलर बराबरको लगानी अमेरिकी कम्पनीका लागि सुनिश्चित गर्ने सहमति गरेको बताएका थिए।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.