आईतवार, बैशाख ६,२०८३ 05:41:55
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:41:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयर बजारमा चल्छ सधैं ‘अप्रिल फुल’, यसरी झुक्काइन्छ लगानीकर्तालाई

Bizshala
सेयर बजारमा चल्छ सधैं ‘अप्रिल फुल’, यसरी झुक्काइन्छ लगानीकर्तालाई
Shivam Cement

काठमाण्डौ । आज अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल फुल । अप्रिल फुलको प्रचलन १८ औं शताब्दी भन्दा पहिले देखि चलेको पाइन्छ । अप्रिल फुलको अर्थ अरुलाई मूर्ख बनाउनु भन्ने हो । किबंदन्ति अनुसार फ्रान्समा पहिले अप्रिलको पहिलो दिनलाई नयाँ वर्षको रुपमा मनाइन्थ्यो । पछि जनवरी १ लाई नयाँ वर्ष मनाउन थालियो । आठारौं शताब्दीमा केही मान्छेहरुले भूलबस अप्रिल १ मा नै नयाँ बर्ष मनाए । तीनै मान्छेहरुलाई गिजाउन अप्रिल फुलको कथा सरु भएको किबंदन्ति पढ्न र सुन्न पाइन्छ । युरोपमा अहिले पनि अप्रिल फुल मनाउन हुँदै नभएको मिटङमा बोलाउने जस्ता झुटका  खेति यो दिन हुने गर्छ ।  

तर नेपालको सेयरबजारमा हेर्नेहो भने यस्ता झुटका खेति दिनहुँ हुने गरेको पाइन्छ । यस्तो झुटको खेति खासगरि सरकार, नियामक निकाय तथा टाठाबाठा लगानीकर्ताहरुले सोझा सोझालाई गर्ने गरेको पाइन्छ । पछिल्लो समय सामाजिक सञ्जालको विकास भए पछि लगानीकर्तालाई झुक्काउन टाठाबाठालाई यो बजारमा झनै सजिलो भएको छ ।  

कसरी झुकिन्छन लगानीकर्ता ?

पछिल्लो पल्ट बजार ३२ सय बाट खसे पछि त लगानीकर्ता झनै मूर्ख बनाइएको छ । बजार ४ पटक २२ सयमा पुगेर खस्यो । यसको अर्थ लगानीकर्ता ४ पल्ट नै यो विन्दुमा मूर्ख  बनाइयो । बजारमा विभिन्न तानाबाना बुनेर लथानीकर्तालाई फसाइने गरिन्छ । यसका लागि बजारमा अनेक हल्ला फैलाइन्छ । कहिले सरकार फेरिने, कहिले नया अर्थ मन्त्री आउने , कहिले कम्पनीको हकप्रद तथा बोनस सेयर आउने , कहिले २ वटा कम्पनी मर्ज  तथा प्राप्ती गर्ने जस्ता अनेक हल्ला सेयर बजारमा चल्छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै निराधार हल्लाका पछि लाग्दा लगानीकर्ता फस्ने गर्छन । पछिल्ला वर्षहरुमा राष्ट्र बैंकको नीतिले घटेको बजारमा राष्ट्र बैकको समीक्षा आउने बेलामा त हरेक त्रैमासमा लगानीकर्ताहरुलाई राम्रै सँग झुक्काइने गरेको पाइन्छ । केही टाठाबाठा र पहुँच हुनेहरु अर्थमन्त्रीलाई भेट्न जान्छन् । त्यसपछि सामाजिक सञ्जालमा फोटा हालिन्छ र भनिन्छ अब आउने त्रैमासमा पक्का नीति फेरिेन्छ । यही विश्वास गरेर सोझा साझाले लगानी बढउने गर्छन । तर नीतिमा भने खासै फेरबलद हुँदैन ।  

त्यस पछि २२ सय पुगेको बजार १८ सयमा आँउछ । फेरी यहि प्रक्रिया चल्छ बजार २२ सय पुग्छ अनि फेरी उधारोमा सेयर किन्ने काम हुन्छ । त्यस पछि ब्रोकरले च्याप्न थाल्छ । सबैले बेच्दा बेच्दा बजार १८ सय आँउछ । पछिल्लो समय केही सिमेन्ट कम्पनीहरुमा पनि यस्तै खेलोमेलो चलेको छ । झुक्काउने अझै अर्को सजिलो तरिको पनि छ । केही टाठाबाठाहरुले झुक्याउने साधनका रुपमा सामाजिक सञ्जाल प्रयोग गरेको पाइन्छ । यसका लागि क्लबहाउस तथा फेसबुकमा एउटा ग्रूप बनाइन्छ । त्यहाँ एउट समूहले कम्पनीको जोड्दार विज्ञापन गरेर सेयरको भाउ उचाल्ने र पछार्ने काम हुन्छ ।  

त्यहाँ आफुलाई बजारको विद्धान भन्न रुचाउने तथाकथित सेयर बजारका वरिष्ठ लगानीकर्ताले म्यानीपुलेशन गर्दै लगानीकर्ताको ब्रेनवास गर्ने गर्छन । यस्तो नाटकमञ्चन खुलमखुल्ला हुँदा पनि नियमनकारी निकाय भने बेखर झै हुने गरेको छ । नियमनकारी निकायहरुले पनि यसलाई अप्रिल फुलको एक हिस्साको रुपमा लिदै मौनता साधेको देखिन्छ । सामाजिक सञ्जालमा चर्चा बटुलेका यस्ता तथाकिथत विद्धानलाई गुरु र लगानीको मार्गप्रदर्शक मान्नेको कमी छैन यहाँ । गुरु मानेर ढोग्नेहरु श्री सम्पत्ति गुमाएर सडकमा नआए सम्म सेयरबजारमा संधै चल्ने यस्ता अप्रिल फूल उनीहरुले बुझ्दैनन् वा बुझ्न चाहदैनन् । लगानीकर्ताको आखाँमा बाधिएको यस्ता अज्ञानताका काला पट्टीहरु नउघ्रिएसम्म लगानीकर्ता अप्रिल फुलको सिकार भईरहने छन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.