बिहीबार, फाल्गुन ७,२०८२ 03:40:13
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 03:40:13
Bizshala
Global IME Bank Limited

कुमारी बैंकको नाफामा ८८६% को बढोत्तरी, ईपीएस २०.७४ रुपैयाँ पुग्यो

कुमारी बैंकको नाफामा ८८६% को बढोत्तरी, ईपीएस २०.७४ रुपैयाँ पुग्यो
Shivam Cement

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको नाफामा उछाल आएको छ । बैंकले चालु चावको दोस्रो त्रैमाससम्म २ अर्ब ७२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८८६.५० प्रतिशतले बढी हो ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने बैंकले २७ करोड ५७ लाख रुपैयाँबरारबको खुद नाफा कमाएको थियो ।

यस्तै बैंकले ६ अर्ब ७८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.६५ प्रतिशतले बढी हो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब २७ करोड रुपैयाँबाट बढेर १ अर्ब ६० करोड पुगेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अघिल्लो आवमा ३ अर्ब २७ करोड रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर १ अर्ब ५० करोड रुपैयाँमा सीमित बनेको छ । रिटेन्ड अर्निङ २ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको रिजर्भमा भने १६ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ । ग्राहकहरुबाट बैंकले ३ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

खराब कर्जा अनुपात भने घटेको छ । अघिल्लो आवमा ६.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ६.९२ प्रतिशतमा झरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५१.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८.६३ गुणा र तरलता अनुपात ३६.८३  प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.