आईतवार, बैशाख ६,२०८३ 11:20:32
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:20:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विदेशी पर्यटकको आगमन एकै महिना २९% ले वृद्धि,भारतबाट सबैभन्दा धेरै

Bizshala
विदेशी पर्यटकको आगमन एकै  महिना २९% ले वृद्धि,भारतबाट सबैभन्दा धेरै
Shivam Cement

काठमाण्डौ । नेपालमा एक महिनाको अवधिमा १ लाख बढी पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा १ लाख २८ हजार १६७ पर्यटकको आगमन भएको हो ।  

यो संख्या गत वर्षको सोहि अवधिको तुलनामा २८.९ प्रतिशतले बढी हो । सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटकले नेपालको भ्रमण गरेका थिए । एक महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् । तथ्यांकअनुसार मार्च महिनामा भारतबाट ३० हजार ६९८ पर्यटक नेपाल भित्रिएका छन् । 

यो संख्या गत वर्षको सोहि अवधिको तुलनामा १८.५ प्रतिशतले धेरै हो । दोस्रो स्थानमा चीनबाट सबैभन्दा धेरै पर्यटन नेपाल आएका छन् । चीनबाट मार्च महिनामा नेपाल आउने पर्यटकको संख्या ३५८ प्रतिशतले बढेको छ । यो अवधिमा १२ हजार ९२ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तेस्रो स्थानमा रहेको अमेरिकाबाट १० हजार ७६३ पर्यटक नेपाल आएका छन् । यस्तै बेलायतबाट बेलायतबाट ७ हजार २४१, श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक आएको तथ्यांकले देखाएको छ ।  

 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.