बिहीबार, आश्विन १५,२०८३ 04:33:05
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 04:33:05
Bizshala
Global IME Bank Limited

बजेटपछि भारतीय सेयर बजारमा भूकम्प, १० लाख करोडभन्दा बढी पूँजी स्वाहा

Bizshala
बजेटपछि भारतीय सेयर बजारमा भूकम्प, १० लाख करोडभन्दा बढी पूँजी स्वाहा
New Office

काठमाण्डौ\नयाँदिल्ली । भारतको संघीय बजेट २०२६/२७ सार्वजनिक भएको दिन नै भारतीय शेयर बजारमा ठूलो गिरावट आएको छ। बजेट भाषण सकिन नपाउँदै BSE Sensex करिब १,८०० अंकभन्दा बढीले खस्कियो भने Nifty 50 झण्डै २ प्रतिशतले ओरालो लाग्दै २५ हजार अंकभन्दा तल झर्‍यो। एकै दिनमा लगानीकर्ताको करिब १० लाख करोड रुपैयाँभन्दा बढी बजार पूँजीकरण घटेको विश्लेषकहरूले बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बजार किन ढल्यो ? बजेटका कुन बुँदा बने मुख्य कारण

विश्लेषकहरूका अनुसार आजको गिरावटको मुख्य कारण बजेटमा गरिएको शेयर कारोबारसम्बन्धी कर (STT) वृद्धि हो।

वित्त मन्त्री निर्मला सीतारमणले बजेट भाषणमा

-फ्युचर्स कारोबारमा STT ०.०२% बाट ०.०५%,

-अप्सन कारोबारमा STT ०.१२५% बाट ०.१५% पुर्‍याउने घोषणा गरिन्।

यसले विशेषगरी डेरिभेटिभ बजारमा कारोबार लागत उल्लेख्य रूपमा बढ्ने भएपछि ठूला संस्थागत लगानीकर्ता र ट्रेडरहरू आक्रामक रूपमा बिक्रीतर्फ उन्मुख भएका हुन्।

त्यसैगरी, शेयर बायब्याकबाट हुने आम्दानीलाई अब डिभिडेन्ड नभई क्यापिटल गेनका रूपमा कर लगाइने घोषणाले पनि बजारमा नकारात्मक सन्देश गयो।

विदेशी लगानी आकर्षित गर्ने ठोस कर छुट वा सुधारात्मक प्याकेज नआएको भन्ने धारणा पनि बजार दबाबको अर्को कारण बन्यो।

सबै सेक्टर राताम्मे

बजेटपछि बैंकिङ, फाइनान्स, आईटी, मेटल, FMCGलगायत सबै प्रमुख सेक्टरमा तीव्र बेचबिखन देखियो। विशेषगरी बैंक र फाइनान्स कम्पनीका शेयरमा ठूलो गिरावट आएको छ। बजार जानकारहरूका अनुसार छोटो अवधिका लागि लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको संकेत हो।

आजको भारतीय शेयर बजारको गिरावट बजेटप्रतिको असन्तुष्टि होइन, तर STT वृद्धिजस्ता बजारमै प्रत्यक्ष असर पार्ने निर्णयको प्रतिक्रिया हो। दीर्घकालीन रूपमा बजेटका उद्योग, प्रविधि र पूर्वाधारसम्बन्धी घोषणाले सकारात्मक असर पार्न सक्ने अपेक्षा गरिए पनि छोटो अवधिमा बजार दबाबमा रहने संकेत देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.